थप दुई न्यायाधीश पनि फर्किए इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा…