काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ । ‘बिमस्टेक शिखर सम्मेलनमा चारवटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताइन् । लम्सालका अनुसार…