सुदुरपश्चिम पुग्यो एनपीएलको ट्रफी टुर

टीकापुर । सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टीकापुर पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले कैलालीको टीकापुरस्थित पर्यटकीय स्थल टीकापुर पार्कको महेन्द्र आरोग्य गृह अगाडिबाट शुक्रबार ट्रफी टुरको सुरुवात गरेेका हुन् । देशको छ वटै प्रदेशमा टुर सकिएपछि सुदूरपश्चिममा ट्रफी पुगेको छ…