आजबाट नेपाल सम्बत ११४६

काठमाडौं । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू भएको छ । राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका थिए । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरको भनाइ…