लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग फेरि बन्द

काठमाडौं । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ । यसले गर्दा अमेरिका र इरानबीचको युद्धविराम सम्झौता अन्योलमा परेको छ । हिजो इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण गर्दा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता अमेरिकाले इरानलाई तत्काल जलमार्ग खोल्न माग गरेको छ…