काठमाडौं । काठमाडौं महानगरपालिकालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिइएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो । कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी…