काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। श्रेष्ठविरुद्ध पक्राउ पुर्जी माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार अदालत पुगेको थियो। तर, आवश्यक कागजात पेस नभएको भन्दै अदालतले प्रहरीको माग फिर्ता पठाएको हो। ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले आवश्यक प्रक्रिया पूरा नभएकाले पक्राउ पुर्जी जारी नगरिएको…