काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले आफ्नो पदभार ग्रहणसँगै सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेका छन् । नेपाल सरकारका सचिवहरूको २०८२/०५/३१ गतेको बैठक (निर्णय नम्बर ११) अनुसार आन्दोलनका क्रममा ध्वस्त भएका संरचना र नयाँ खरिद गर्नुपर्ने फर्निचर तथा अन्य सामानको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरिएको थियो ।…