काठमाडौं। भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धरालीमा आएको भीषण बाढी र पहिरोमा परेका नेपालीहरूमध्ये हालसम्म कोही पनि नेपालीको मृत्यु नभएको भारतीय प्रहरीले जानकारी दिएको छ। उत्तराखण्ड प्रहरीले घटनास्थलबाट दुईजनाको शव फेला परेको र ३७२ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। नेपाली दूतावासलाई दिएको जानकारीअनुसार, धराली घटनामा हालसम्म नेपाली नागरिक नरहेको बताइएको छ। तर पौडी गढवाल…