दुई संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्ने भएका हुन् । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ…