उत्तराखण्डमा बाढीपहिरो : बर्दियाका चार जना बेपत्ता

बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार…