काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बद्रीनारायण धामको मङ्गलबार अवलोकन गरेपछि उहाँले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । “बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिने छु,” उपप्रधानमन्त्री…