काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पहलमा नेपाल र बङ्गलादेशबीच आगामी भदौ २१ र २४ गते मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। खेलहरू दशरथ रंगशालामा हुनेछन्। बङ्गलादेशको राष्ट्रिय टोली बुधबार काठमाडौँ आउने कार्यक्रम छ। यस खेलका लागि एन्फाले…