काठमाडौं । नेपाली कांग्रेसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कनु उचित नहुने निष्कर्ष निकालेको छ। मंगलबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा भएको छलफलमा गोपानमान श्रेष्ठले भने, "राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। सभापतिको पनि यही धारणा रह्यो।" यसअघि सोमबार प्रकाशमान सिंहको निवासमा सात नेताबीच छलफल भएको थियो।…