वासिङ्टन । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उहाँलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ । केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण सिडिसीका अन्य पाँच जना वरिष्ठ अधिकारीले पनि राजीनामाको घोषणा गरेको…