‘राजावादी आन्दोलन कमजोर पार्न राप्रपाभित्र विधानविपरित कारबाही’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लोपटक पार्टी विधान विपरित गरिएका कारवाहीप्रति तीव्र असन्तुष्टि र चिन्ता व्यक्त गरिएको छ। पार्टीका दुई उपाध्यक्ष र दुई महामन्त्रीले पार्टीभित्र अनुशासन र विधिको पालना नभएको भन्दै पछिल्लो घटनाक्रमलाई ‘दुखद र आत्मघाती’ भनेका छन् । उनीहरुले राजावादी आन्दोलन कमजोर पार्न अध्यक्ष राजेन्द्र लिङ्देनले यी कार्य गरेको आरोपसमेत लगाएका छन्…