दक्षिण कोरियाको जेलमा रहेका पूर्वराष्ट्रपति युनकी पत्नी पक्राउ

सिओल । जेलमा रहनुभएका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ । पूर्व प्रथम महिला किम क्योन हीले मंगलबार सिओलमा भएको ४ घण्टे अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरेपनि प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश जारी गरेको छ ।…