मुख्यमन्त्री योगी आदित्यनाथ दुतावास आउनु भएको थिएन: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे आफूले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका हुन् ।…