काठमाडौं । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिएकी छन् । ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प खुला रहेको बताएपछि उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ…