काठमाडौँ । म्यानचेस्टर सिटी क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ। अल-हिलालसँग ४-३ ले पराजित भएपछि सिटी प्रतियोगिताको क्वार्टरफाइनल पुग्न असफल रह्यो। पहिलो हाफमा कप्तान बर्नार्डो सिल्वाले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमै मार्कोस लियोनार्डोले बराबरी गोल गरे। त्यसपछि माल्कोमले गोल गर्दै अल-हिलाललाई २-१ को अग्रता दिलाए। हालान्डले बराबरी फर्काए पनि थप समयमा लियोनार्डोले पुनः…