ट्रम्पसँग भेट्नुअघि भारत र चीनसहित ५ देशका सरकार प्रमुखसँग पुटिनको छलफल

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटवार्ताबारे चीन र भारतसहित पाँच वटा देशका सरकार प्रमुखहरूसँग युक्रेन युद्धबारे छलफल गरेका छन् । पुटिनले चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन संवाद गर्नुभएको समाचारसंस्था रोयटर्सले जनाएको…