म्याग्दीको मंगला गाउँपालिकामा बाटाे खुलको १४ वर्षपछि स्तरोन्नति

म्याग्दी । मंगला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक खुलको १४ वर्षपछि स्तरोन्नति भएको छ । २०६७ सालमा स्थानीयबासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नम्बर १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट शुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाख रुपैयाँको…