काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेको आरोप लगाएकाे छ । संघले अनुसन्धानको दायरामा ल्याउन समेत सरकारसँग माग गरेको छ । कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन…