क्यानडामा मध्यावधि चुनाव घोषणा

काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गरेको बीबीसीले जनाएको छ । चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।…