काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदका लागि ५ जनाको नाम छनोट गरेको छ । अर्थ मन्त्रालयले छनोट भएका ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ। सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्। संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाईँ, सर्लाहीका नारद…