पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि हालै नियुक्त भएका पाँच मुलुकका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन् । राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि केन्याका मुन्यिरी पिटर, जोर्डनका युसेफ अब्देलगानी, जिम्बाब्वेका स्टेला…