मादी गाउँपालिकाले १५ हजार विवाह खर्च दिने

पोखरा । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिका अध्यक्ष देवीजंग गुरुङले मंगलबार गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विवाह खर्चदेखि धेरै सन्तान जन्माउन प्रोत्साहन कार्यक्रम ल्याइएको छ । पालिकाले २० वर्ष उमेर कटेपछि विवाह गर्ने दलित समुदायका महिलाहरूलाई प्रतिव्यक्ति १५ हजार नगद दिने…