स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गर्दै मन्त्रालय घेराउ

मकवानपुर । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरूले हिजो सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका छन् । उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको…