काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनमा पुगेको हो । नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लक्षु थापाले गोल गरे । जितसँगै समूह ‘बी’…