लन्डन । पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए । हाकिमीले…