काठमाडौं । नेपालले चीनको राजधानी बेइजिङमा रहेका विभिन्न देशका प्रतिनिधिहरूमाझ विश्वव्यापी जलवायु परिवर्तनका प्रभाव र हिमाली क्षेत्रको संरक्षणका लागि ध्यानाकर्षण गराएको छ । चीनमा रहेको नेपाली राजदूतावासले बृहत् सेमिनारको आयोजना गरेर जलवायु परिवर्तनका प्रभावबारे ध्यानाकर्षण गराएको हो । कार्यक्रममा चीनका लागि सामाजिक प्रतिनिधि लिउ चनमिन, चीनका लागि जर्मन राजदूत, चीनमा रहेको संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिलगायत…