चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै २४५ प्रतिशत ट्यारिफ लगाएको छ । अमेरिका विरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्नेछ भनेर ह्वाइट हाउसको तर्फबाट जारी गरिएको एक दस्ताबेजमा भनिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित खनिज र…