काठमाडौं । जिल्ला अदालत काठमाडौंले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालिन आदेश दिएको जानकारी दिएका छन् । अदालतको वेबसाइटमा प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिइएको उल्लेख छ ।…