दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड पूरा गर्ने

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा रहेकामा सरकारले आगामी दुई वर्ष सबैखालका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने नीति लिएको छ । शुक्रबार सदनमा पेस गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रमले मुलुकलाई दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामलाका सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखेको हो । “सम्पत्ति…