ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।…