जेद्दाह । साउदी अरबको जेद्दाह सहरमा युक्रेन र अमेरिकी टोलीबिच युक्रेन शान्ति वार्ता सुरु भएको छ । जेद्दाहको रिज–कार्टन होटलमा दुई देशका अधिकारीहरूबिच वार्ता भइरहेको हो । अमेरिकाले बन्द गरेको युक्रेनी सैन्य सहायता र आंशिक युद्धविराम गर्ने युक्रेनको प्रस्तावबारे पत्रकारहरूले सोधेको प्रश्नमा अधिकारीहरूले उत्तर दिन अस्वीकार गरेका छन् । वार्ताको नेतृत्व साउदी अरबको राष्ट्रिय सुरक्षा…