वायु प्रदूषण कम गर्न काठमाडौं महानगरको ९ बुँदे अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनयता काठमाडौं उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्ने क्रममा रहेको भन्दै जोखिम न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ ।शुक्रबार महानगरपालिकाले सर्वसाधारणका लागि ९ बुँदे अपिल जारी गरेको छ । महानगरपालिकाले नियमित रूपमा आफ्ना सवारी साधन मर्मत गर्न, खुल्ला रूपमा आगो बाल्ने कार्य नगर्न, प्लास्टिकजन्य सामाग्री नजलाउन अपिलमा आग्रह गरेको छ…