प्रिमियर लिग : क्रिस्टल र आर्सनल बराबरीमा रोकिदा लिभरपुललाई फाइदा

लन्डन । इङलिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस र आर्सनलले बराबरी खेलेपछि लिभरपुल उपाधि नजिक पुगेको छ । बुधबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग दुई–दुई गोलको बराबरी गर्दै अंक बाँडेको छ । आर्सनलले ज्याकुब किवियर र लियान्ड्रो ट्रोसार्ड तथा प्यालेसका एबेरेची एजे र जीन फिलिप माटेटाले एक एक गोल गरे । खेलमा लगातार…