प्रधानमन्त्री ओलीसँग ब्राजिलियन लिजेन्ड रोबर्टाे कार्लाेसको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लाेस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको खेल हेर्न काठमाडौं आएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए ।…