काठमाडौं । नेपाली विद्यार्थीलाई लक्षित गरी ग्रेस इन्टरनेसनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना गर्ने भएको छ । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि आयोजना गरिने मेला नोभेम्बर ११ देखि २१ सम्म देशभरका नौ सहरमा सञ्चालन हुने सो संस्थाका संस्थापक निर्देशक एन्ड्रु पौडेलले जानकारी दिए । मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया…