सांसद अञ्जना शाक्य आईपियो दिगो बिकास स्थायी समितिमा निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा निर्वाचित भएकी छिन्। नेकपा एमालेकी परराष्ट्र मामिला बिभागकी सचिवसमेत रहनुभएकी राष्ट्रिय सभा सदस्य शाक्य एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै आईपीयुको दिगो विकास स्थायी समितिमा बिजयी भएकी हुन्।  उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा शाक्य नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी थिईन् ।…