पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गरेका छन् । शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै ढकालले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए । अध्यक्ष ढकालले ताप्लेजुङवासीको अधिकांशको…