काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्री लेखले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए…