एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान

काठमाडौं । अमेरिकी सहयोग एमसीसी परियोजना अन्तर्गत निर्माण हुने २ सय ९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान भएको छ । यसअघि आह्वान भएको ठेक्कामा केही प्रक्रिया नमिलेको भनेर आलोचना भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पुनः ठेक्का आह्वान गरेको हो । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र…