खो–खो विश्वकप : पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो

काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले ब्राजिललाई फराकिलो अन्तरले हराएको छ । समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले हरायो । प्रतियाेगितामा नेपालको यो दोस्रो जीत हो । हिजो भएको खेलमा नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसित पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीवार भुटानसँग खेल्नेछ…