काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । न्युजिल्यान्डका अलराउन्डर नीशमलाई टोलीमा अनुबन्ध गरेको जनकपुर बोल्ट्सले जनाएको छ । उनले न्युजिल्यान्डका लागि ७९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ सय ४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् । अलराउन्डर नीशमले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, बिग…