सुदूरपश्चिम प्रदेशमा आज धुमधामसँग ‘ओल्के’ पर्व मनाइँदै

डोटी । डोटीसहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधामसँग मनाइने गरिन्छ । साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । आज मीठो मसिनो खाना खाने चलन रहेको छ भने बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ ।…