बैंग्लोरमा नेपाली दम्पतीमाथि २४ करोड बराबरको नगद र गहना लुटपाटको आरोप

काठमाडौं । छिमेकी देश भारतको बैंग्लोरमा एक नेपाली दम्पतीमाथि २४ करोड रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ । विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट २४ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका छन् । जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् ।…