सिन्धुली हिरासत मृत्यु प्रकरण: पोस्टमार्टममा आत्महत्या देखियो

काठमाडौँ । सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा भूवनबहादुर सुनारले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो जानकारी दिएका हुन् । गृहमन्त्रीकाअनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को…