नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । अविरल वर्षाका कारण विघ्न उत्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको हो। त्यस्तै, चितवनको इच्छाकामना–५ तुइनखोला पुल क्षेत्रमा खसेको पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्। हाल पनि…