बागमति प्रदेश सरकारले आज पूर्णता पाउँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । मुख्यमन्त्री जम्कट्टेलले आइतबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गरेका छन् । संघीय सरकारमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन भएपछि बागमति सरकारबाट नेकपा (एमाले) बाहिरिसकेको छ । हाल एमालेको भागमा…