बागमती प्रदेशसभा बैठक जारी, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिदै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक जारी छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक १ः३० बजेबाट सुरु भएको हो । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आफ्नो धारणा राख्ने समय पनि निर्धारण गरिएको छ ।…